+
+

होलीलाई मर्यादित बनाउन प्रहरीको चेकिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १०:४२
सवारी साधन चेकिङमा खटिएका ट्राफिक प्रहरी । फाइल तस्वीर

२२ फागुन, काठमाडौं । होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कसैको इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका गतिविधि हुनसक्ने भन्दै चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ । काठमाडौं प्रहरी परिसरले मर्यादित ढंगले होली मनाउन आग्रह गर्दै अघिल्लो दिन माइकिङ समेत गरेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्शालका एसएसपी दीपेन्द्र जिसीले अहिलेसम्म होली शान्तिपूर्ण रहेको र कुनै अप्रिय खबर नआएको बताए ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न र सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रहसमेत गरेको छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । पहाडी जिल्लामा आज र तराई मधेशका जिल्लाहरुमा भोलि होली खेल्ने परम्परा छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?