+

यूएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

२०७९ फागुन  २२ गते ११:५३ २०७९ फागुन २२ गते ११:५३
यूएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

२२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ ।

यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा सुरु भएको खेलमा नेपालका आशिफ सेख र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका छन् ।

आशिफका ओपनिङ जोडी कुशल भुर्तेल घाइते भएपछि उनको ज्ञानेन्द्र ओपनिङमा आएका हुन् ।

आजको खेलमा यसै शृङ्खलाबाट ओडीआईमा डब्यु गरेका युवा फास्ट बलर प्रतिश जिसी पनि पहिलो रोजाइमा परेका छन् ।

लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।

यदि आजको खेलमा पराजित भए नेपाल शीर्ष तीनमा पुग्ने छैन ।

 

 

आईसीसी विश्वकप लिग २ नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय