
२२ फागुन, काठमाडौं । फागु पूर्णिमामा सवारी नियम उल्लघंन गर्ने ४४५ सावारी साधन होल्ड भएका छन् । ट्राफिक प्रहरी प्रवक्ता एसपी अविनारायण काफ्लेका अनुसार यो विवरण दिउँसो २ बजेसम्मको हो ।
फागु पूर्णिमाको अवसरमा ट्रफिक नियम उल्लंघन गर्नेहरुविरुद्ध गरिएको चेकजाँजमा यो संख्यमा सवारी साधनहरु होल्ड भएका हुन् ।
मादक पदार्थ सेवन गरेका, दुई पांग्रे सवारी साधनमा तीन जना चढेका तथा कागज पत्र नबोकी सञ्चालनमा रहेको सवारी साधन होल्ड भएका छन् ।
दिउँसो २ बजेसम्म उपत्यकाका तीन वटा जिल्लामा कुनै पनि अप्रिय दुर्घटनाका घटनाहरु नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ६८ स्थानमा चेक पोइन्ट खडा गरेर सवारी गतिविधि चेकजाँच भइरहेको महाशाखाले जनाएको छ ।
प्रहरी निरीक्षकको कमाण्डमा घुम्ती अनुगमन पनि भइरहेको र प्रहरी नायव उपरीक्षकहरुले कमाण्ड गर्नेगरी सवारी जाँच कार्यको अनुगमन भइरहेको महमाशाखाले जनाएको छ ।
प्रतिक्रिया 4