
२२ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरुलाई नेपाली वस्तु तथा उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने निर्णय सरकारले गरेको भन्दै मन्त्रालयले मातहतका विभाग र संस्थानलाई यस्तो निर्देशन दिएको हो ।
१२ फागुनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकको निर्णयअनुसार सबै सरकारी निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग गर्न प्रबन्ध मिलाउने भन्ने निर्णय कार्यान्वयन गर्न परिपत्रमा निर्देशन दिइएको छ ।
यसअघि नै मन्त्रालयले सबै सरकारी निकायले प्रयोग गर्ने स्टेशनरी, खाजाका परिकारदेखि खरिदका कार्यमा समेत स्वदेशी प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको थियो । जसअनुसार अब सरकारी कार्यालयका खाजा तथा खानाका परिकारमा स्वदेशमा उत्पादन भएका वस्तु मात्रै प्रयोगमा आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4