
२३ फागुन, जनकपुरधाम । मिथिलाञ्चलको बहुचर्चित धार्मिक एवम् ऐतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा आज सम्पन्न हुँदै छ ।
अन्तिम दिन आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन लागेको हो ।
फागु पूर्णिमाको दिन गरिने अन्तगृहलाई पञ्चकोशी परिक्रमा समेत भन्ने गरिन्छ । मध्य परिक्रममा सहभागी नहुने यस वर्ष पनि हजारौंको संख्यामा श्रद्धालुभक्तजन अन्तरगृह परिक्रमा गरेका छन् । अन्तरगृह परिक्रममा सहभागी हुँदा पनि पुण्यको भागी बनिन्छ भन्ने विश्वास छ ।
अन्तगृह परिक्रमाको भोलिपल्ट जनकपुर वरपर मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।
फागुन ८ गते सुरु भएको मिथिला माध्यमिकी परिक्रमा सामबार १५औं दिन जनकपुरधाम आइपुगेको थियो ।
धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी जम्मा १२० किलोमिटर भू-भागको परिक्रमा यात्रा गरिन्छ ।
फागुन औंसीको दिन धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डोल निस्केर जनकपुरधाममा अन्य मठमन्दिरको डोला समावेश भएपछि परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।
डोलासँगै परम्परागत बाजाँगाजासहितका मौलिक पहिरनमा लाखौं नरनारीहरु यात्रामा सहभागिता हुने गर्छन् । मध्यमा परिक्रमामा प्रायः मध्य तथा पाका उमेरका महिला तथा पुरुषहरु सहभागी हुने गर्दछन् ।
परिक्रमा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई,धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारतको करुणा, विसौल र यात्राको अन्तिम दिन अर्थात १५औं दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मध्यमा परिक्रमा सम्पन्न हुने गर्दछ ।
मिथिला बिहारी (रामजानकी) को डोलासँगै परीक्रमा गर्दा विभिन्न प्रकारका रोग,दुःख,कष्ट कलेशबाट मुक्त एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रही आएको छ ।
टायर गाडा, साईकल र टाउकोमा बन्दोबस्तीका समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुईं खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु, भजन कीर्तनलगायतका कार्यहरु गर्नु परिक्रमावासीहरुको आस्था हो ।
प्रतिक्रिया 4