
काठमाडौं । प्रा. डा. कृष्णहरि बरालको शब्द रहेको ‘अचानक’ गजलले श्रोता-दर्शकको मन जितिरहेको छ । युट्युबमा रिलिज भएको दुई हप्तामा यो गजललाई १० लाखभन्दा बढी पटक हेरिएको छ । गजलमा सन्तोष श्रेष्ठको संगीत र कन्हैया सिंह परियारको स्वर रहेको छ ।
छोटो समयमै श्रोता-दर्शकको अत्यधिक माया पाएको खुसियालीमा उनीहरुले आइतबार केक काटेर सेलिब्रेसन गरे । मंगलबार बिहानसम्म ‘अचानक’ गजलले १० लाख ४२ हजारभन्दा बढी भ्युज बटुलेको छ । संगीतकार श्रेष्ठले नेपाली गजलको लागि यो एउटा अत्यन्त सुखद क्षण भएको बताए ।
गायक कन्हैया सिंह परियारले ३० वर्षको सांगीतिक करिअरमा पहिलोपटक गजल गाएको र धेरै दर्शकले मन पराइदिंदा आफू अत्यन्त उत्साहित भएको बताए ।
गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा गजित विष्ट र अन्जली अधिकारीले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4