+

मनिष डाँगीलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

२०७९ फागुन  २३ गते १५:३९ २०७९ फागुन २३ गते १५:३९
मनिष डाँगीलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

२३ फागुन, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् ।

२०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी परेका थिए ।

उनीहरुलाई पछि पार्दै अवार्ड जितेका डाँगीले  पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

मछिन्द्र एफसीलाई ए डिभिजन लिगको उपाधि जिताएका डाँगीले विश्वकप छनोटमा इराकविरुद्ध गोल गरेका थिए ।

यस्तै उनले साफ च्याम्पियनिसपकाे उदघाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए ।

पल्सर स्पोर्टस अवार्ड मनिष डाँगी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय