२३ फागुन, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीलाई प्रदान गरिएको छ ।
खेलकुदको सबैभन्दा ठूलो अवार्ड समारोह पल्सर स्पोर्टस अवार्डमा हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको हो ।
मोहमद हिजीसँग खेलकुद पत्रकारितामा तीन दशक भन्दा बढी समय काम गरेको अनुभव छ । एसिया क्षेत्रकै लिडिङ स्पोर्ट्स जर्नालिस्टको रुपमा रहेका हिजी विश्व खेलकुदको सर्वोच्च स्स्था एआईपीएसमा तीन कार्यकाल उपाध्यक्ष रहेका थिए ।
कतारी नागरिक हिजीले १९९० मा खेलकुद पत्रकारिता सुरु गरेका थिए । उनले अल शार्क, अल राया, अल वाटन, अल अरब र लुसेस जस्ता पत्रिकामा काम गरिसकेका छन् ।
हिजीले ओलम्पिक, फिफा वर्ल्ड कप एसियन गेम्स जस्ता ठूला स्पोर्ट्स इभेन्टको रिपोर्टिङ गरिसकेका छन् ।
प्रतिक्रिया 4