+
+

रिहानाले ओस्कार अवार्डको स्टेजमा ‘लिफ्ट मी अप’ गीत प्रस्तुत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १७:३०

काठमाडौं । दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी गायिका रिहानाले आगामी मंगलबार बिहान हुने ओस्कार अवार्डमा सांगीतिक प्रस्तुति दिने भएकी छन् । मार्वल फिल्म ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’को चर्चित गीत ‘लिफ्ट मी अप’लाई उनले ओस्कारको स्टेजमा गाउने तय भएको एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ ।

यो गीत ओस्कारको मौलिक गीततर्फ मनोनयन समेत भएको छ । ‘लिफ्ट मी अप’लाई रिहाना, टेम्स, लुडविग गोरेन्सन र फिल्मका निर्देशक रायन कुगलरले सहलेखन गरेका थिए । ओस्कारमा मनोनित हुने रिहानाको यो पहिलो गीत समेत हो ।

लेडी गागा र ब्लडपपद्वारा ‘टप गन : माभेरिक’को लागि लेखिएको ‘होल्ड माइ ह्यान्ड’ पनि उत्कृष्ट मौलिक गीत विधामा मनोनित भएको छ । मनोनयन भएका अन्य गीतमा फिल्महरु टेल इट लाइक अ वुमन, आरआरआर र एभ्रिथिङ एभ्रिवेयर अल एट वन्स समेत छन् ।

रिहानाको लागि यो वर्ष भाग्यमानी बनेको छ । यो महिनाको सुरुमै उनले आफू दोस्रो सन्तानको आमा बन्न लागिरहेको घोषणा गरेकी थिइन् । सुपर बाउल कार्यक्रममा उनले प्रत्यक्ष प्रस्तुति समेत दिएकी थिइन् । ‘वाकान्डा फरेभर’ यस सिजनमा पाँच ओस्कारका लागि मनोनित भएको छ र फिल्म अभिनेत्री एन्जेला बासेटले मार्वल फिल्मको लागि पहिलो पटक अभिनयमा नाम लेखाउने इतिहास रचेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?