२४ फागुन, काठमाडौं । पोर्चुगिज क्लब वेनफिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ को दोस्रो लेगमा बेल्जियमको क्लब ब्रगलाई ५-१ ले पराजित गर्दै समग्रमा ७-१ को पराकिलो जितसहित वेनफिकाले अन्तिम आठमा स्थान बनाएको हो ।
घरेलु मैदानमा वेनफिकालाई जिताउन गोन्सालो रामोसले पिहलो हाफको इन्जुरि टाइम र ५७औं मिनेटमा गोल गरे । यस्तै रामोसकै पासमा राफाल शिल्भाले ३८औं मिनेटमा गोल गरेका थिए ।
जाआओ मारियोले ७१औं र डेभिड नेरेसले ७७औं मिनेटमा गोल गरे । ब्रगका लागि बिजोन मेइजरले सान्त्वना गोल गरे ।
प्रतिक्रिया 4