
२५ फागुन, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का छन् ।
श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।
बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा पुनम श्रेष्ठ घाइते छिन् । उनलाई उपचारका लागि ग्रान्डी अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4