२५ फागुन, काठमाडौं ।इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम १६ अन्तर्गत इंग्लिस क्लब टोटनहमसँग दोस्रो लेगमा गोलरहित बराबरी खेलेपछि पहिलो लेगको नतिजाका आधारमा मिलान १-० ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो ।
मिलानले घरेलु मैदानमा भएको पहिलो लेग १-० ले जितेको थियो र त्यही नतिजा नै निर्णायक गोल बन्यो ।
एसी मिलान सन् २०१२ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
टोटनहमले घरेलु मैदान गोल गर्न नसक्दा बाहिरियो ।टोटनहमका क्रिस्टियन रोमेरव ७८औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।
प्रतिक्रिया 4