
२५ फागुन, काठमाडौं । विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले ११० रन बनाउँदा पहिलो विकेट गुमाएको छ ।
१८.४ ओभरमा रिले हेकुरेको बलमा टोनी उराबाट क्याच आउट हुनुअघि ओपनर कुशल भुर्तेल ४५ रन बनाएर आउट भएका छन् ।
योसँगै नेपालले ११० रनको सुरुवाती साझेदारी पनि तोडिएको छ । आउट हुनुअघि उनले ५६ बलमा ६ चौकाको मद्दतमा ४५ रन बनाए ।
उनी आउट हुँदा अर्का ओपनर आसिफ शेख भने ६१ रनमा खेलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4