
२५ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ ।
निकुञ्ज कार्यालयले दिएको जानकारी अनुसार निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत सेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा अन्दाजी २० बर्षको भाले गैंडा मृत फेला परेको जनाएको छ ।
बुधबार बिहान गस्तीका क्रममा खाग र खुर सुरक्षित अवस्थामा रहेको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
गैंडा आपसमा जुँधेर मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १३ गैंडा मृत फेला परेका छन् । ती मध्ये ३ गैंडा चोरी सिकारीले मारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4