
२५ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताएका छन् ।
राष्ट्रपतिको उम्मेदवार चयन गर्ने क्रममा सबै राजनीतिक दलसामु प्रधानमन्त्री प्रचण्डले आफ्नो नाम प्रस्ताव गरेको तर आफूले कांग्रेसलाई दिऊ भनेको बताए ।
राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि प्रतिकि्रया दिंदै उनले भने, ‘प्रचण्डजीले मेरो नाम प्रस्ताव गर्नुभएकै हो सबै पार्टीको सामुमा । मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4