
२५ फागुन, काठमाडौं । राष्ट्रपति चुनाव चल्दैगर्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सेल्फी खिच्नेहरुको रोजाईमा परिहाले । उनी कांग्रेस-माओवादी लगायत ९ दलको समर्थनमा राष्ट्रपति उम्मेदवार छन् ।
पौडेलसँग सेल्फी तथा विफी खिच्नेमा अधिकांश सत्ता पक्ष र त्यसका समर्थक सांसद देखिन्छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठदेखि सातै प्रदेशका प्रदेशसभा सांसदहरु पनि त्यो लहरमा देखिन्छन् ।
तस्वीरहरुमा पौडेल प्रफुल्ल मुद्रामा देखिन्छन् ।
यसअघि पौडेल र अर्का प्रत्याशी सुवासचन्द्र नेम्वाङबीच सामूहिक फोटो सेशन भएको थियो । उनीहरुले एक अर्कालाई बधाई दिएका थिए ।
चुनाव नतिजा आजै साँझ आउने छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4