
२५ फागुन, जनकपुरधाम । मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका ५० वर्षीय श्याम मण्डल रहेका छन् ।
बुधबार राति १० बजेको समयमा राजबिराज नगरपालिका ११ पम्प नहरस्थित भित्री सडकखण्डमा मण्डल आफैं चलाउँदै गरेको स४प ३२७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा राति पौने १२ बजे मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4