+

कसरी सफा गर्ने महिनावारी कप ?

२०७९ फागुन  २५ गते १५:१६ २०७९ फागुन २५ गते १५:१६
कसरी सफा गर्ने महिनावारी कप ?

महिनावारीको समयमा अहिले महिनावारी कपले धेरै महिलालाई सहज बनाइदिएको छ । यसको प्रयोग गर्ने तरिका मात्रै होइन सफाइ गर्ने प्रक्रियालाई पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ ।

महिनावारी कपको ‘सेराइल मेन्टेन’ गर्नुपर्ने हुन्छ । सेराइल भनेको कीटाणुरहित बनाउने प्रक्रिया हो । सफा पानीमा डेटोल वा स्लोभन पानी राखेर वा तातो पानीमा मात्रै पनि डुबाउँदा यो कीटाणुरहित हुन्छ । त्यसपछि यसको पुनः प्रयोग गर्न सकिन्छ ।

एउटै महिनावरी कप पटकपटक प्रयोग गर्न सकिन्छ ?

एकपटक लगाएको महिनावारी कपलाई लामो समयसम्म प्रयोग गर्नुहुँदैन । कम्तीमा ४ देखि ६ घण्टाको अन्तरालमा कप फेर्नुपर्ने हुन्छ । यो महिनावारी कपमा मात्र होइन, स्यानिटरी प्याड, पुनः प्रयोग गर्न मिल्ने प्याडमा यो नियम लागु हुन्छ । पूरै दिन महिनावारी कपको प्रयोग लगातार गर्नुहुँदैन ।

महिनावारीको कपको समय-समयमा परिवर्तन नगरे ब्याक्टेरियाको संक्रमण हुन्छ । यसले शरीरमा ठूलै हानि पनि गर्न सक्छ ।

कतिबेला सफा गर्ने ?

रगत भरिएपछि महिनावारी कपलाई निकाल्नुपर्छ । त्यसपछि तातोपानीमा डुबाइदिने, त्यसपछि स्लोभन, डेटल वा एन्टिसेप्टिक समाधान राखेर कपलाई आधा घण्टा डुबाएर राख्नुपर्छ । त्यसपछि निकालेर ड्राइ (सुख्खा) भइसकेपछि लगाउनुपर्छ ।

यसलाई सादा पानीले मात्र पखाल्दा सफा हुँदैन । सफा पानीमा पनि कीटाणु हुन सक्छ, त्यसैले कीटाणुरहित हुनेगरी सफा गर्नुपर्छ ।

कपलाई साबुनले पनि धुन सकिन्छ । तर साबुनको गुणस्तर सबैलाई थाहा नहुने भएकाले एन्टिसेप्टिक समाधान नै उत्तम हुन्छ ।

महिनावारी कपको माध्यमले संक्रमणको जोखिम कति ?

महिनावारीको समयमा प्रयोग गरिने प्रायः साधन जोखिमयुक्त नै हुन्छन् । तर पनि स्यानिटरी प्याडको तुलनामा महिनावारी कप अलि बढी जोखिमपूर्ण हुन्छ । महिनावारी कपमा रगत भरिने भएकाले यसले छिटो संक्रमण गर्न सक्छ ।

यसलाई हातैले लगाउनुपर्ने भएकाले त्यहाँबाट पनि संक्रमण सर्ने सम्भावना हुन्छ । त्यसैले राम्ररी हात धोएर मात्रै महिनावारी कप लगाउनुपर्छ ।

प्रयोगपछि कसरी राख्ने ?

महिनावारी कप प्रयोग गरिसकेपछि तातोपानीमा एन्टिसेप्टिक राखेर त्यसमा ३० मिनेट त्यत्तिकै छाड्ने । त्यसलाई निकालेर सुख्खा बनाएर कपडा वा कुनै सफा झोलामा राखेर अरु व्यक्तिको हात नपर्ने र फोहोर नहुने ठाउँमा राख्नुपर्छ ।

कति वर्षसम्म महिनावारी कप प्रयोग गर्न सकिन्छ ?

सरसफाइमा ध्यान दिए एउटै महिनावारी कप पुनः प्रयोग गरिरहन सकिन्छ । तर एकपटक खरिद गरेको कप बढीमा एक वर्षसम्म प्रयोग गर्नु उपयुक्त हुन्छ । किनकि धेरै प्रयोग गरिसकेपछि यसले शरीरमा संक्रमण हुन सक्छ ।

महिनावारी कप
लेखक
डा. गरिमा श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?