
२५ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किँदा संसद भवनमै चिप्लिएर घाइते भएका मधेश प्रदेशसभा सदस्य गोविन्द न्यौपाने राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका छन् ।
बिहीबार विहान ११: ३८ मा संघीय संसद भवनमै चिप्लिएर लडेका नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य टाउकोमा चोट लागेको छ । प्रदेशसभा सदस्य न्यौपानेको स्वास्थ्य स्थिति सामान्य रहेको बताएका एकीकृत समाजवादीले जनाएको छ ।
न्यौपानेको स्वास्थ्यस्थित बुझ्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4