+
+

‘भ्वाइस किड्स सिजन-२’ को प्रिमियर, शुक्रबारदेखि शो प्रसारण सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते २०:०२
प्रिमियरमा निर्देशक लक्ष्मण पौडेल (बायाँ), कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल । तस्वीर सौजन्य : गोपीकृष्ण चापागाई

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण शुक्रबारदेखि सुरु हुँदैछ । पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरियो ।

निर्देशक लक्ष्मण पौडेल, कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल प्रिमियरमा उपस्थित रहे । ‘पहिलेभन्दा सिजन २ लाई बेटर गर्ने प्रयास गर्छौं । पहिलो सिजन अनुभव पनि थियो’ खरेलले अनलाइनखबरसँग भने ।

प्रस्तोता नेपालले पहिलो सिजन सिकाइ रहेको बताउँदै दोस्रो सिजनमा अझै राम्रो गर्ने बताए । यसपटकको सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । प्रमोदसहित प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा निरन्तर हुनेछन् ।

कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । निर्देशक पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्ने जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । टाइटल स्पोन्सरमा ‘रियल फुट जुस’ रहेको छ । यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफब्वाय र अलआउट अनुबन्ध भएका छन् भने को–स्पोन्सरमा वात्सल्य नेचुरल आईभीएफ रहेका छन् ।

हिमालय टेलिभिजनले चर्चित रियालिटी शोहरुलाई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । जसमा द भ्वाइस अफ नेपाल, डान्सिङ स्टार नेपाल र हिमालय रोडिज छन् । बिजनेस रियालिटी शो सार्क ट्यांक र फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल यसै वर्षभित्र प्रसारण सुरु गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?