+
+

भेडेटारमा बन्ने भयो ‘स्काइ वाक’, ३० करोड लगानी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १२:४१

२६ फागुन, काठमाडौं । भेडेटारमा सिसामा हिंड्ने सक्ने पुल ‘स्काइ वाक’ निर्माण हुने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ ।

वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्याक्सन्स प्रालिले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रवीन्द्र पोख्रेलले जानकारी दिए ।

स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बन्ने उनले जानकारी दिए । स्काइ वाकमा एकै पटकमा २०० जना हिंड्न सक्ने भएका छन् । सिसाको स्काइ वाकको तल भीर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोख्रेलको भनाइ छ ।

भेडेटारको हालको भ्यू टावर भएको ठाउँमा निर्माण सुरू गरिएको यस परियोजना सन् २०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए ।

परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ । परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले बताए ।

काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ’स्काइ वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको’ कन्याम क्लाउड’ नामको स्काइ वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?