
२६ फागुन, विराटनगर । लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । विवादस्पद व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्था बहिष्कार अभियान सञ्चालन गरेपछि महिलाहरुले लघुवित्त संरक्षणको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै नाराबाजी गरेका हुन् ।
वित्तीय संस्था संरक्षण तथा प्रवर्द्धन समितिको नेतृत्वमा गरिएको प्रदर्शनमा उनीहरुले ठूलो संख्यामा महिला संलग्न लघुवित्त संस्था धरासायी हुने अवस्था आएको भन्दै संरक्षणको माग गरेका हुन् ।
प्रदर्शनमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट आएका लघुवित्त वित्तीय संस्थाहरुमा आम्बद्ध महिलाहरु सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4