+
+

स्ववियु प्रतिनिधि चयन र टिकट वितरणमा नेविसंघमा चरम असन्तुष्टि

स्ववियु निर्वाचनका लागि बनेका समिति संयोजकहरुले संयुक्त राजीनामा दिने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:०८

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा असन्तुष्टि थप चुलिएको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले आफूखुसी निर्णय गरेको भन्दै संघभित्र असन्तुष्टि बढेको हो ।

चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर अध्यक्ष शेर्पाले एकलौटी निर्णय गर्दै आएको असन्तुष्टहरुको आरोप छ । निर्णय प्रक्रियामा असन्तुष्ट जनाउँदै स्ववियु केन्द्रित गठन गरिएका तीन समितिका संयोजकले राजनीनामा दिने चेतावनी दिएका छन् । घोषणा पत्र समिति, प्रशिक्षण समिति र अन्तर विद्यार्थी संगठन समन्वय समितिका संयोजकले राजीनामा दिने चेतावनी दिएका छन् ।

घोषणापत्र तयारी संयोजक पुजन गन्धर्व, प्रशिक्षण समितिको संयोजकमा एलिजा ढकाल र अन्तर विद्यार्थी संगठन समन्वय समितिका संयोजक दिनेश शाहीले राजीनामा दिने मनस्थिति बनाएका छन् ।

स्ववियु निर्वाचनका लागि खटाउने प्रतिनिधि र टिकट वितरण न्यायपूर्ण नहुने देखिएको प्रशिक्षण समितिको संयोजक ढकालले जानकारी दिइन् । निश्चित व्यक्ति र गुटगत स्वार्थमा केन्द्रित रहेकोले असहमति जनाउँदै तिन संयोजकले राजीनामा दिने तयारीमा रहेको उनले बताइन् ।

आन्तरिक मतभेद भुलेर संगठनको अस्तित्वका लागि पनि स्ववियुमा संघका अध्यक्षलाई सहयोग पुर्‍याए पनि एकलौटी गरेको असन्तुष्टहरुको भनाइ छ । ‘उहाँ (अध्यक्ष शेपा) न्यायिक हुनुभएन, स्ववियुको टिकट नेताको घर र होटलबाट बाँड्न खोज्नु भएको छ,’ ढकालले अनलाइनखबरसँग भनिन्, क्याम्पसमा काम गरिरहेका विद्यार्थीहरु टिकट माग्न कहाँ जाने?’

निश्चित व्यक्ति र गुटको स्वार्थमा केन्द्रित रहेर आफू निकट विद्यार्थीले देशव्यापी विद्रोह गर्ने घोषणापत्र तयारीका संयोजक गन्धर्वले बताए । स्ववियुको निर्वाचन नजिकिएपनि घोषणापत्र हालसम्म सार्वजनिक गरिएको छैन ।

अध्यक्ष शेर्पाले एकतर्फी जिल्ला अध्यक्ष तोकेकोप्रति जिल्ला सभापतिहरुले समेत आपत्ति जनाएका छन् । दोलखा र मकवानपुरका जिल्ला सभापतिले संघका अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गर्दै पार्टी केन्द्रलाई पत्र नै पठाएका छन् । अध्यक्षका कारण आठ जिल्लाहरुमा समानान्तर गतिविधि भइरहेको नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?