
२६ फागुन, काठमाडौं । नेपालमा लिङ्ग भैरवी मन्दिरको प्राण प्रतिष्ठाका लागि नेपाल आएका इशा फाउन्डेसनका संस्थापक जग्गी वासुदेव ‘सद्गुरु’ शुक्रबार भारत फर्किएका छन् । उनी यती एयरलाइन्सको चार्टर उडान मार्फत भारत फर्केका हुन् ।
त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरलाइन्सको जहाज चार्टर गरी उनी अहमदाबाद गएका हुन् । यसअघि उनी २० फागुनमा यतीकै चार्टर उडानमार्फत बैंगलौरबाट नेपाल आएका थिए । सदगुरुले बिहीबार टुंडिखेलमा भैरवी उत्सवमा प्रबचन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4