
२६ फागुन, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सूरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख वक्ता थिए । तर उनी नआएपछि महामन्त्री थापा अन्तिम वक्ता भए ।
बिहीबार (२५ फागुन) मा सभागृहमा भएको कार्यक्रममा पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताका रूपमा सम्बोधन गर्ने अवसर पाएकाले भन्दै कांग्रेस महामन्त्री भने, ‘सब्सिच्यूट भइराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु।’
उनले राजनीतिज्ञहरुलाई अर्थशाष्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशाष्त्रीहरुलाई आग्रह गरे । मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशाष्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गरे ।
महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशाष्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराए ।
प्रतिक्रिया 4