+
+

स्ववियु निर्वाचनको टिकट वितरण गर्न नेविसंघमा ३ सदस्यीय समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते ९:२६

२७ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि टिकट वितरण गर्न समिति गठन गरेको छ ।

संघभित्र विवाद कायम भइराखेकोले टिकट वितरणलाई सहज बनाउन फरकफरक समूहको प्रतिनिधित्व हुने गरी तीन समिति गठन गरिएको हो ।

समितिमा संस्थापन पक्षबाट नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा रहेका छन् भने शेखर-गगन समूहबाट प्रेमिका राना छन् । अर्की सदस्य सिर्जना मल्ल पूर्व विद्यार्थी नेता हुन् ।

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको मिति तोकिएको छ तर नेविसंघभित्रको विवादका कारण उम्मेदवारको टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?