
२७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपति उम्मेदवार प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार थाहा हुने बताएकी छन् ।
शनिबार उपराष्ट्रपति पदमा जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारीले उम्मेदवारी दर्ता गरेका छन् । आधिकारिकता भने आइतबार पार्टीले टुंगो लगाउने प्रमिलाले सञ्चारकर्मीहरुलाई बताइन् ।
‘आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ । मेरो उम्मेदवारी चुनावसम्मकै लागि गरेको हो । हामी दुवै जनाको इच्छा भयो त्यसैले दुई जनाको उम्मेदवारी प¥यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु’ उनले भनिन् ।
जसपाबाट उम्मेदवार बनेका रामसहाय प्रसाद यादव गत ४ मंसिरमा बारा-२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । त्यस्तै प्रमिला कुमारी राष्ट्रियसभा सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4