
२७ फागुन, काठमाडौं । काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन खुकुरीसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् । उनले स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएका थिए ।
त्यसपछि पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4