+

दोस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा आयोजक विजयी

२०७९ फागुन  २७ गते १९:११ २०७९ फागुन २७ गते १९:११
दोस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा आयोजक विजयी

२७ फागुन, वीरगञ्ज । बाराको परवानीपुरमा दोस्रो परवानीपुर गोल्डकप २०७९ सुरु भएको छ । परवानीपुर युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिहंले उद्घाटन गरेका हुन् ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक परवानीपुर युथ क्लबले बेलखाडी युथ क्लब महोत्तरीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हरायो । ९० मिनेटको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ८ टिम सहभागी प्रतियोगिता ४ चैतसम्म चल्नेछ ।

पहिलो हुने टिमले १ लाख ५० हजार र दोस्रोले ७५ हजार रुपैयाँ पाउने आयोजक परवानीपुर युथ क्लबका अध्यक्ष अलि अख्तर आलमले जानकारी दिए ।

खेलकुद परवानीपुर गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय