+

चार वर्षपछि विराट कोहलीले टेष्ट क्रिकेटमा बनाए शतक

२०७९ फागुन  २८ गते १३:४७ २०७९ फागुन २८ गते १३:४७
चार वर्षपछि विराट कोहलीले टेष्ट क्रिकेटमा बनाए शतक

२८ फागुन, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले टेष्ट क्रिकेटमा ४ वर्षपछि पहिलो शतक पूरा गरेका छन् ।

अष्ट्रेलियासँगको जारी चौथो टेष्टको पहिलो इनिङ्समा उनले शतक पूरा गरेका हुन् ।

सन् २०१९ मा इडेन गार्डेनमा बंगलादेशविरुद्ध १३६ रन बनाएयता उनले शतक बनाउन सकेका थिएनन् ।

अष्ट्रेलियाबिरुद्ध बनाएको पछिल्लो शतक विराटको २८ औं शतक हो । तेश्रो दिन हिजो शनिबार उनले टेष्ट क्रिकेटमा ४ हजार रन पनि पूरा गरेका थिए ।

सन् २०१२ मा उनले अष्ट्रेलियाबिरुद्ध एडिलेडमा पहिलो शतक बनाएका थिए ।

उनले टेष्ट क्रिकेटको एउटै इनिङ्समा २३५ रन पनि बनाएका छन् । जुन उनले सन् २०१६ मा इंग्ल्याण्डबिरुद्धको खेलमा बनाएका थिए ।

विराट कोहली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय