
काठमाडौं । नेपालमा केन्ट उत्पादनको एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले केन्टका तीन प्रकारका वाटर प्युरिफायर नेपाली बजारमा सार्वजनिक गरेको छ । केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी आरओ मोडलका वाटर प्युरिफायर सार्वजनिक गरिएको सीजीले जनाएको छ । स्वच्छ पिउने पानी अब सबैको जरुरी बन्दै गएको समयमा कम्पनीले तीन वटा आरओ मोडलका वाटर प्युरिफायर बजारमा ल्याएको हो । ।
कम्पनीका अनुसार केन्ट पर्ल स्टार पारदर्शी छुट्याउन मिल्ने ट्यांकी, वाल माउन्टेबल आरओ प्युरिफायर शुद्धता र प्रदर्शनको डिजिटल डिस्प्ले रहेकाले एक उत्कृस्ट वाटर प्युरिफायर हो । जुन शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँदछ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ । यसको बजार बजारको मूल्य ४९ हजार ९९० रहेको छ ।
केन्ट क्रिस्टल स्टार अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनको साथ आकर्षक डिजाइन गरिएको आरओ वाटर प्युरिफायर भएको कम्पनीले बताएको छ । यसको बजारको मूल्य ४८ हजार ९९० रहेको छ ।
केन्ट क्रिस्टल प्लस पानीलाई १०० प्रतिशत शुद्ध बनाउन स्टाइलिश डिजाइन गरिएको वाटर प्युरिफायर हो । यसको बजार मूल्य ३५ हजार ९९० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4