+
+

मेट्रो सुपर मार्केटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १६:४०

काठमाडौं । मेट्रो सुपर मार्केटले वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट उपलब्ध गराउने भएको छ ।

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रू. १०० प्रति कारोबार र अफर अवधिभर ३०० रूपैयाँसम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटीस्थित शाखामा एनआईसी एशिया मोबाइल बैंक, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, पेवेल, यन क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?