२८ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि जित बिहीन बनेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा आइतबार मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै अंकको खाता भने खोलेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्र र मनाङले गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।
बराबरीपछि मनाङले तीन खेलबाट ५ अंक जोडेको छ । पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटालाई पराजित गरेको थियो । मछिन्द्रको तीन खेलबाट १ अंक छ ।
प्रतिक्रिया 4