+

खानेकुरा पचाउन प्रोबायोटिक किन जरुरी हुन्छ ?

२०७९ फागुन  २९ गते ११:२७ २०७९ फागुन २९ गते ११:२७
खानेकुरा पचाउन प्रोबायोटिक किन जरुरी हुन्छ ?

मानिसको शरीरमा असल र खराब गरी दुई किसिमका जीवाणु हुन्छन् । असल जीवाणु खराबसँग लड्न मद्दत गर्छ । असल जीवाणुमध्येमा पर्छ प्रोबायोटिक ।

प्रोबायोटिक राम्रो जीवाणु भएको खानेकुरा हो । जसले प्राकृतिक पाचन रस र इन्जाइमलाई उत्तेजित गरेर पाचन अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । हाम्रो पाचन प्रणालीमा विभिन्न प्रकारको सूक्ष्म जीवाणु ‘माइक्रो फ्लोरा’ जन्मजात नै हुन्छ । जसले खानेकुरा पचाउन, हाम्रो पाचन प्रणाली सफा गर्न र सञ्चालन गर्न सहयोग गर्छ ।

हाम्रो शरीरमा भएको सूक्ष्म जीवाणुले राम्ररी काम नगरेको अवस्थामा बाहिरी खाद्यपदार्थमार्फत शरीरमा गएर त्यो सूक्ष्म जीवाणुलाई राम्ररी काम गर्न सहयोग गर्ने जीवाणु नै प्रोबायोटिक हो । पाचन प्रणालीलाई सक्रिय बनाउन यसले मद्दत गर्छ ।

कसरी बन्छ ?

प्रोबायोटिक जीवन्त जीवाणु हुन्, जुन प्रायः प्राकृतिक रूपमा दहीमा पाइन्छ । ‘ल्याक्टिक एसिड’ जीवाणुले दूधबाट दही बन्छ र त्यो खाद्यपदार्थमा राम्रो जीवाणु प्रोबायोटिक पनि हुन्छ । प्रोबायोटिकको मुख्य स्रोत दही हो । साथै गुन्द्रुक, सिन्की, किम्ची, अचार पनि प्रोबायोटिकको स्रोत हो ।

खानेकुराबाट नै प्रोबायोटिक मिल्छ

मुख्यतया खानेकुराबाट नै हामीलाई प्रोबायोटिक मिल्छ । हाम्रो शरीरमा भएको सूक्ष्म राम्रो जीवाणु म्याक्रो फ्लोरको साथीको रूपमा प्रोबायोटिक्सलाई लिन सकिन्छ । जसले शरीरमा खाना पचाउन सहयोग गर्ने राम्रो सूक्ष्म जीवाणुलाई सक्रिय बनाउँछ ।

पाचनमा कसरी सहयोग गर्छ ?

प्रोबायोटिकको सेवनले आन्द्राको माइक्रोबायोमको सन्तुलन कायम राख्छ । साथै शरीरमा प्राकृतिक एन्टीबडीको उत्पादन पनि बढ्छ, जसले धेरै प्रकारका रोगबाट बच्न मद्दत गर्छ ।  प्रोबायोटिकले रोगप्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीमा भएको हानिकारक जीवाणुलाई कम गर्न र राम्रो जीवाणुलाई सक्रिय बनाउन सहयोग गर्छ । प्रोबायोटिकले शरीरमा भएको राम्रो सूक्ष्म जीवाणुलाई सक्रिय बनाएर पाचन प्रक्रियालाई सहज पनि बनाउँछ ।

प्रोबायोटिक नभए के हुन्छ ?

प्रोबायोटिकले शरीरमा भएको राम्रो सूक्ष्म जीवाणुलाई सक्रिय राख्न सहयोग गर्छ, जसले गर्दा हाम्रो पाचन प्रणाली राम्ररी हुन्छ । त्यसैले प्रोबायोटिक भएन भने हामीले खाएको खाना राम्ररी नपच्ने, ग्यास्ट्रिक हुने, कब्जियत र पखाला लाग्ने जस्ता समस्या देखा पर्न सक्छ ।

प्रोबायोटिकका लागि सप्लिमेन्ट लिनु जरुरी हुँदैन

प्रोबायोटिकका लागि हामीले अतिरिक्त खुराक लिनुपर्ने जरुरी हुँदैन । किनकि हाम्रो देशमा प्रोबायोटिक पाइने खाद्यपदार्थ प्रशस्त मात्रामा पाइन्छ । दही, गुन्द्रुक, सिन्कीको अचार लगायत खाद्यपदार्थ हामीले सेवन गरिरहने भएकाले सप्लिमेन्ट लिनुपर्ने जरुरी हुँदैन ।

पेटको पाचन क्षमता बढाउँछ 

समुचित खानपान र खाने सही तालिकाले पाचन क्षमतालाई राम्रो बनाउँछ । खानामा हरियो सागपात सामेल गर्नुपर्छ, जसमा उच्च फाइबर हुन्छ । यस किसिमको खानाले पाचनयन्त्र बलियो हुन्छ । एकसाथ धेरै खाना खानु हुँदैन, जो पचाउन गाह्रो हुन्छ । चिल्लो, तारेको, मसालेदार खानेकुरा पचाउन गाह्रो हुन्छ । त्यसैले यस्ता खानेकुराको सेवन कम मात्रामा गर्नुपर्छ । घरमा बनेको प्राकृतिक खानेकुराको सेवन गरियो भने पाचन प्रक्रिया राम्रो हुन्छ ।

(रायमाझी खाद्य अनुसन्धान अधिकृत हुन् ।)

पाचन क्रिया प्रोबायोटिक
लेखक
उज्ज्वल रायमाझी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?