
२८ फागुन, धनगढी । कैलाली प्रहरीले जुवा तास खेलेको आरोपमा एक लाख चार हजार नगदसहित चार जनालाई पक्राउ गरेको छ ।
आइतबार धनगढी उपमहानगरपालीका–३ बोराडाँडीमा रहेको चन्द फास्टफुडको कोठामा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा फास्टफुड सञ्चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ का ३० वर्षीय विरेन्द्र चन्द, बझाङको जयपृथ्वी नगरपालिका ११ का ३६ वर्षीय शेरबहादुर थापा, धनगढी उपमहानगरपालीका १ का ४० वर्षीय धनबहादुर खड्का र २९ वर्षीय खडगबहादुर महरा रहेको प्रवक्ता चन्दले बताए ।
उनीहरुको साथबाट एक गड्डी तास र नगद एक लाख चार हजार रुपैयाँ बरामद गरेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4