
२९ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयका भवनहरू हेटौंडा उपमहानगरपालिका-१६ हटियामा बनाइने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्वपूर्ण पूर्वाधारहरू बनाउन वातावरणीय प्रभाव मूल्यांकन गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।
प्रदेश सरकारले मकवानपुरका विभिन्न स्थानमा जग्गा पहिचान गरि त्यस स्थानमा प्रदेश संरचना बनाउन संघीय सरकारलाई सिफारिस गरे पनि हटियाको कित्ता नम्बर १९६ मा रहेको ५४ विगाह जमिनको मात्र संघीय सरकारबाट स्वीकृति प्राप्त भएको उनले जानकारी दिए ।
सिफारिस गरिएका अरु जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनको भनाइ छ ।
प्रदेश सरकारले हेटौंडा-१७ डिपोचौरमा मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ बिगाह, हेटौंडा सिमेन्ट उद्योगले अधिग्रहण गरि प्रयोगमा नआएको हेटौंडा-९ लामसुरे हाइटमा २० बिगाह र हालको प्रदेशमन्त्री निवास खण्डदेखि दक्षिण भागमा रहेको ४ बिगाह गरि करिब २४ विगाह जग्गा बागमती प्रदेश सरकारको नाममा ल्याउनको लागि केन्द्र सरकारसँग माग गरेको थियो ।
यसैगरी नापी नभएका हेटौंडा-६ चित्रेपानीको करिब २४ बिगाह र हेटौंडा-१९ लेबटमा रहेको करिब ८० बिगाह जग्गा समेत प्रदेश सरकारको नाममा ल्याउनको लागि संघीय सरकारसँग अनुरोध गरिएको थियो ।
प्रदेशले आˆनो संरचना बनाउन नसक्दा अहिले १ वटा मन्त्रालय भाडाको घरबाट सञ्चालन भैरहेको छ भने मुख्यमन्त्री कार्यालयसहितका अरु मन्त्रालय र कार्यालयहरु तत्कालिन संघीय सरकारका विभिन्न भवनहरुबाट सञ्चालित छन् ।
प्रतिक्रिया 4