+
+

निवर्तमान राष्ट्रपति भण्डारीलाई छाड्न गएनन् गृहका कर्मचारी, सेनाले घर पुर्‍यायो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १५:२०

२९ फागुन, काठमाडौं । सात वर्षे कार्यकाल सकेर आज निवृत्त निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई शीतलनिवासबाट बिदाई गर्ने बेला नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म छाड्न गए । राष्ट्रपतिले विनयशीलता र राजनीतिक संस्कार प्रकट गर्दैगर्दा सरकारले निवास पठाउने बारेमा भने प्राविधिक त्रुटि गर्न पुगेको छ ।

यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी ओली सरकारले सहसचिवको नेतृत्वमा टिम पठाएको थियो । यसपल्ट भण्डारीलाई छाड्न भने कसैलाई पठाइएन ।

भण्डारी राष्ट्रपति छँदा प्रेस विज्ञ रहेका टीका ढकालका अनुसार नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाडेको हो । ‘मन्त्रालयबाट अरु कोही आउनुभएन, सेनाको टोलीले घरमा ल्याएर छाड्यो,’ ढकालले भने ।

यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई छाड्न गृहमन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकाल बागडोल निवास गएको थिए ।

राष्ट्रपतिको स्वागत र बिदाइसम्बन्धी सबै काम शीतल निवासमा हुने भए पनि यसको सम्पूर्ण व्यवस्थापन गृह मन्त्रालयले हेर्छ । मन्त्रालय अन्तर्गत समारोह व्यवस्थापन समितिले यसको जिम्मा लिने गर्छ ।

निवर्तमान भण्डारीको बिदाइ क्रममा भने मन्त्रालयले प्रक्रियागत त्रुटि गर्न पुगेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?