+

प्रधानमन्त्री कप फुटबल चैत ८ गतेदेखि १७ गतेसम्म हुने

२०७९ फागुन  २९ गते १६:४९ २०७९ फागुन २९ गते १६:४९
प्रधानमन्त्री कप फुटबल चैत ८ गतेदेखि १७ गतेसम्म हुने

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगितामा नेपालसहित, भुटान र लावस सम्मिलित हुने छन् ।

दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेली उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ ।फिफा विन्डोकाे समय सकिने भएकाले ३१ मार्च मा हुने फाइनल खेल वरीयतामा समावेश हुने छैन ।

प्रतियोगिताका लागि  फिलिपिन्स र मलेसियासँग पनि कुरा भएकाे तर उनीहरूको समय नमिल्दा सम्भव नभएको प्रवक्ता शाहले बताए ।

एन्फाले प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँ टिकट दर तोकेको छ ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकारका लागि एन्फाले सार्वजनिक सूचना निकालीसकेको र चाँडै टुंगो लाग्ने प्रवक्ता सुरेश शाहले जानकारी दिए । टिकटका लागि ३० लाख र मार्केटिङका लागि ५०लाख न्यूनतम मूल्य ताेकेर वाेलपत्र आह्वान गरिएकाे हाे ।

प्रतियोगितामा अनुमानित १ करोड ७७ लाख ६८ हजार ४८० रुपैयाँ लाग्ने उनले बताए ।

खेल तालिका 

 २२ मार्च: नेपाल भर्सेस लाओस

२५ मार्च: भुटान भर्सेस लाओस

२८ मार्च: नेपाल भर्सेस भुटान

३१ मार्च: फाइनल

एन्फा प्रधानमन्त्री कप फुटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय