+
+

शीतल निवासमा पौडेलको स्वागत र भण्डारीको बिदाइ (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १७:०९

२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् । उनले पद तथा गोपनीयताको शपथ लिए भने सोमबारदेखि नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाडेकी छन् ।

सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।

निवर्तमान राष्ट्रपतिले शीतल निवास छाड्दा नवनिर्वाचित राष्ट्रपति पौडेल गाडीसम्म पुर्‍याउन गएका थिए । शपथ समारोहमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका अधिकारीहरु लगायत सहभागी थिए ।

हेर्नुहोस् तस्वीरहरु

 

तस्वीरहरु : विकास श्रेष्ठ र आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?