
२९ फागुन, गोरखा । गोरखामा सालको अवैध काठ राखेको आरोपमा फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । आशिष फर्निचर उद्योग सञ्चालक गोरखा नगरपालिका–३ नारेश्वर चिसापानी घर भएका आशकुमार सुनार पक्राउ परेका प्रहरीले जनाएको छ ।
उनको फर्निचरबाट ४९ थान सालको गोलिया काठ र १ सय १९ थान चिरान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी लिलाराज लामिछानेले बताए । उनको फर्निचर उद्योगमा खानतलासी गर्दा अवैध रुपमा राखेको सालको काठ फेला परेको प्रहरीको दाबी छ । सुनारलाई प्रहरीले अनुसन्धानका लागि डिभिजन वन कार्यालय पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4