+
+

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १२:१३

३० फागुन, काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ ।

अमेरिकी बैंकहरुमा देखिएको समस्याका कारण लगानीकर्ताहरुले बैंकको निक्षेप झिकेर सुनमा लगानी बढाउन थालेपछि सुनको मूल्य तीन दिनमा ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ५ हजार ७ सय रुपैयाँ तोकिएको छ, यस्तै तेजावी सुनको मूल्य एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ४ हजार एक सयमा छापावाल सुन र एक लाख ३ हजार ६ सयमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी एक हजार २५५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?