
३० फागुन, काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ३० फागुन मंगलबार बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ०७५ रुपैयाँको ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.४४७ प्रतिशत नगद गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4