
३० फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
सार्वजनिक नामावली अनुसार समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन्।
५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै महिला उम्मेदवार रहेका छन् ।
सबैभन्दा बढी अखिल (क्रान्तिकारी)बाट पाँचजना, अनेरास्ववियुबाट दुई जना, नेविसंघबाट एक जना र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट एक जना महिलाको उम्मेदवारी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4