+

पिसाब जाँचबाट कुन-कुन रोग पत्ता लाग्छ ?

२०७९ फागुन  ३० गते १७:४१ २०७९ फागुन ३० गते १७:४१
पिसाब जाँचबाट कुन-कुन रोग पत्ता लाग्छ ?

प्रायः कुनै समस्या लिएर अस्पताल पुगेका बिरामीलाई कतिपय अवस्थामा पिसाब परीक्षण गर्न लगाइन्छ । पिसाब जाँचले केवल मूत्रनलीको समस्याबारे मात्र बताउँदैन । यसले अरु धेरै समस्या पहिचान गर्न सकिन्छ ।

पिसाबको संक्रमणदेखि दीर्घरोगको स्थिति पत्ता लगाउन समेत पिसाबको जाँच गरिन्छ ।

के के रोग पत्ता लाग्छ ?

मूलतः पिसाबमा देखिने संक्रमण, मधुमेह र माइक्रो प्रोटिनको समस्याबारे पिसाब जाँचबाट पत्ता लगाउन सकिन्छ । युरिन कल्चर गरेर पिसाबमा कस्तो खालको कीटाणु छ, त्यसलाई कसरी न्युनीकरण गर्ने, कुन औषधि दिने भन्ने कुरा टुंगो गरिन्छ ।

प्रायः ४० वर्ष पार गरेका पुरुषमा प्रोस्टेटको समस्या देखिन थाल्छ । उनीहरुलाई छिटो छिटो पिसाब लाग्ने, जलन हुने समस्या हुन्छ । यस्तो अवस्थामा पिसाब जाँच गरिन्छ । पत्थरी, ट्युमर, मधुमेह, उच्च रक्तचापको स्थिति पत्ता लगाउन पिसाब जाँच गरिन्छ ।

कहिलेकाहीं पिसाबमा रगत देखिने समस्या पनि हुन्छ । यसले मिर्गौला रोगको संकेत गर्छ । पिसाबमा रगत देखिएको छ र त्यो के कारणले हो भन्ने निक्र्यौल गर्न पनि पिसाब परीक्षण गरिन्छ ।

कुनकुन अवस्थामा जाँच गर्ने पिसाब ?

क्षणक्षणमा पिसाब लाग्ने, पिसाबमा रगत देखिएमा पिसाब जाँच गर्नुपर्ने हुन्छ । त्यसो त सामान्य रोग बिराममा पनि पिसाब जाँच गर्नुपर्ने हुन्छ । यसले थुप्रै कुरा पत्ता लगाउन सकिन्छ । शरीरको भित्री अंगको स्थिति पत्ता लगाउन पनि पिसाब जाँच गरिन्छ ।

पिसाब जाँच गर्नुअघि के कुरा ध्यान दिने ?

सामान्यतया युरिन इन्फेक्सनमा बिहानको पिसाब उपयुक्त मानिन्छ । त्यसमा पनि पहिलो पिसाब नभई दोस्रो पिसाब झन् उपयुक्त भनिन्छ । त्यसमा रिपोर्ट सफा देखिने सम्भावना बढी हुन्छ । यस्तो भन्दैमा अरु बेला पिसाब जाँच गर्दै नगर्ने भन्ने होइन । यो रोगअनुसार फरक-फरक हुन्छ ।

माइक्रोप्रोस्टेट छ कि छैन थाहा पाउन २४ घण्टाभित्रको पिसाब जम्मा गराइन्छ । क्यान्सरको बिरामीलाई भने समयावधि नै तोकेर पिसाब जाँच गराइन्छ । यदि ट्युमरको बिरामी छ भने बिरामीले पिसाब जाँच गराउनुअघि दुई-तीन गिलास पानी खान लगाइन्छ । किनकि त्यसले पिसाबमा पनि ट्युमरका कणहरु देखिन सक्छन् ।

पिसाबको रंग र गन्ध

सफा, हल्का पहेंलो, पारदर्शी र थोरै गन्ध भएको पिसाब सामान्य मानिन्छ । यस्तो छ भने शरीर स्वस्थ छ भन्ने अर्थ लाग्छ । एकदम सेतो, गाढा पहेंलो, धुलो मिसिएको जस्तो पिसाब देखिएमा जाँच गराउनुपर्ने हुन्छ । यसले शरीरमा केही खराबी छ भन्ने संकेत गर्छ ।

एक व्यक्तिले औसत कति पिसाब फेर्नुपर्ने हुन्छ ?

यसमा यति नै भन्ने हुँदैन । मान्छेको काम, जीवनशैली, खानपान, आनीबानी यसमा कारण हुन्छ । राति चाहिं सामान्यतः दुई पटकसम्म पिसाब लाग्नु ठीकै हो । यदि धेरै पटक पिसाब लाग्छ भने कुनै समस्या हुन सक्छ ।

पिसाबले गर्छ रोगको संकेत

क्षणक्षणमा पिसाब लाग्नु वा एकदमै लामो समयमा मात्र पिसाब लाग्नु दुवै समस्या हो । पानी खाएको बेला पनि पिसाब लाग्दैन भने मिर्गौलामा खराबी हुन सक्छ भन्ने संकेत गर्छ । यदि छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्न असहज हुने, जलन हुने गर्छ भने प्रोस्टेटको समस्या हुन सक्छ । प्रोस्टेट बढेपछि पिसाबको धारा मसिनो हुने, पिसाबको गति कम हुने, पिसाब फेरेपछि पनि निथ्रिएको जस्तो नहुने लक्षण देखिन्छ । यस्तो समस्या जटिल बन्दै गएपछि त्यसले पछि मिर्गौलालाई समेत असर गर्छ ।

(ओम अस्पतालमा कार्यरत डा. घिमिरे सिनियर प्याथोलोजिस्ट हुन् ।)

पिसाब जाँच
लेखक
डा. रोजन घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?