
३० फागुन, जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरको ल्याबमा गलत रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न मधेश सरकारले निर्देशन दिएका छन् ।
‘प्रादेशिक अस्पतालको प्रयोगशालाले गलत रिपोर्ट दिएको समाचार अनलाइनखबरले प्रकाशित गरेपछि मुख्यमन्त्री सरोजकुमार यादवले अस्पतालको आकस्मिक निरीक्षणसमेत गरेका छन् ।
सोमबार अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री यादवले निर्देशक डा. प्रमोद कुमार यादवलगायत ल्याबको गलत रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न सामाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन दिएका हुन् ।
अस्पतालको सेवाको अवस्थाको विषयमा छड्के अनुगमन गर्दा निर्देशक सहितका धेरै चिकित्सक अनुपस्थित थिए । मुख्यमन्त्री यादवले निर्देशक पदबाट हटाउन र गलत रिपोर्ट दिने ल्याबका कर्मचारीमाथि कारबाही गर्न प्रतिष्ठानका सहकुलपति समेत रहेकी समाजिक विकास मन्त्री साहलाई निर्देशन दिएका हुन् ।
उपराष्ट्रपतिको चुनावका कारण निर्वाचन आचार संहिता लागेको बताउँदै उनले आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्न निर्देशन दिए ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आएको एकवर्ष यता प्रादेशिक अस्पतालको उपचार सेवा अस्तव्यस्त बनेको छ । प्रतिष्ठान र प्रादेशिक अस्पतालका पदाधिकारी तथा कर्मचारीबीच छैन। सेवा भद्रगोल भएपछि प्रादेशिक अस्पतालभा भएको उपकरण थन्क्याएर रेफर सेन्टमा परिणत भएको छ ।
प्रतिक्रिया 4