
१ चैत, पोखरा । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनका विद्यार्थीले आमरण अनसन सुरु गरेका छन् ।
आसन्न स्ववियु चुनावका लागि बनेको निर्वाचन अधिकृतको राजीनामा माग राख्दै बुधबारदेखि अनसन बसेका हुन् ।
उनीहरुले निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत र नयाँ निर्वाचन तालिका घोषणा हुनुपर्ने माग राखेका छन् । साथै, आक्रोशित विद्यार्थीहरुलाई सम्हालेर क्याम्पसमै शान्ति क्षेत्र बनाइराख्न आफूहरु अनसन बसेको उनीहरुको दाबी छ ।
उनीहरुले पश्चिमाञ्चल क्याम्पसमा निर्वाचन अधिकृतले अनधिकृत व्यक्तिको दबाबमा आएर राजनीतिक स्वार्थका लागि विद्यार्थीको नाम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
उनीहरुले आफूहरुसँग वार्ता नगरी फरार भएकोसमेत आरोप लगाएका छन् । ࡕ‘हामीसँग वार्ता नगरी हाम्रो नामको दुरुपयोग हामीलाई मान्य हुने छैन,’ उनीहरुले प्रेस विज्ञप्तिमार्फत भनेका छन् ।
पश्चिमाञ्चल क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थीको २ समूह विभाजित बनेको छ । टिकट वितरणको विषयलाई लिएर आन्तरिक विवाद हुँदा एक समूहले अर्को समूहलाई नस्वीकोरको अवस्था छ ।
टिकट वितरण मनपरी भएको भन्दै क्याम्पस नेविसंघ इकाइ समितिका उपसभापति, सचिव, सदस्यसहित १४ जनाले राजीनामा दिइसकेका छन् ।
बुधबार बिहानैबाट क्याम्पसमा आमरण अनसन सुरु गरेका विद्यार्थी तिनै राजीनामा बुझाएका नेविसंघका असन्तुष्ट समूहका हुन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा तालासमेत लगाएका छन् ।
प्रतिक्रिया 4