
१ चैत, काठमाडौं । भारतको बिहार विधानसभामा भारतीय जनता पार्टी भाजपा र राष्ट्रिय जनता दल आरजेडीका सांसदबिच कुटाकुट भएको छ ।
मंगलबारको विधानसभा बैठकमा माइक तोडेपछि भाजपा सांसद लखेन्द्र पासवान दुई दिनका लागि निलम्बनमा परेका थिए ।
निलम्बनलाई ‘लोकतन्त्रको हत्या’ भन्दै भाजपा सांसद विधान सभा भवनमा विरोध प्रदर्शनमा थिए ।
त्यही बेला आरजेडीका सांसद केशरी यादव लड्डु लिएर त्यहाँ पुगेका थिए । लड्डु बाँड्दै आरजेडीका सांसद आएको देखेपछि भाजपाका सांसद आक्रामक बनेका थिए ।
भाजपाका सांसदले लड्डुको किस्ती नै फ्याँकिदिए । त्यसपछि त्यहाँ धक्कामुक्की र हात हालाहाल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आफ्ना नेता लालुप्रसाद यादव, राबडीदेवी र उनकी छोरी मीसा भारतीलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा दिल्लीको एउटा अदालतले जमानत दिएको खुसीयालीमा आरजेडी सांसदले लड्डु बाँडेका थिए ।
#WATCH | Bihar: RJD & BJP MLAs enter into a scuffle with each other over distribution of laddus at Assembly premises following the bail granted to Lalu Yadav, Rabri Devi & Misa Bharti in land-for-job case.
BJP alleges that RJD MLAs tried to forcefully feed them & disturbed them pic.twitter.com/Fw3PVCZh8N
— ANI (@ANI) March 15, 2023
प्रतिक्रिया 4