१ चैत, काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तरगत त्रिवि मैदान, कीर्तिपुरमा २३४ रनको लक्ष्य पछ्याएको यूएईले २४ रनमै पहिलो विकेट गुमाएको थियो ।
तर वृत्य अरविन्दसँग मिलेर पारी सम्हाल्ने क्रममा वसिमले शतक बनाए । उनले ६० बलमा चार चौका र ११ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् ।
प्रतिक्रिया 4