+
+

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १८:३६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकका विभिन्न शाखाहरुले विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकको पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका–३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण गरेको छ । विद्यार्थीहरुलाई शुद्घ पिउने पानीको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकको मैतीदेवी शाखाले काठमाडौं महानगरपालिका–३० मा अवस्थित मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ । मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरी सवारी साधन पार्किङ्ग गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाइडर प्रदान गरेको बैंकले जनाएको छ ।

बैकको पुतलिसडक शाखाले काठमाडौं महानगरपालिका–२८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरेको छ । इच्छुमती खोला किनारस्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरुलाई विश्राम गर्न सहजता मिलोस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?