+

आयोजक टिम र चौतारा पाँचपोखरी टी–२० क्रिकेटको सेमिफाइनलमा

२०७९ चैत  १ गते १९:३४ २०७९ चैत १ गते १९:३४
आयोजक टिम र चौतारा पाँचपोखरी टी–२० क्रिकेटको सेमिफाइनलमा

१ चैत, काठमाडौं । आयोजक पाँचपोखरी र चौतारा पाचौँ संस्करणको पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

आज भएको दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लब भोटेचौर स्पोट्स क्लबलाई ५४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

१२५ रनको लक्ष्य पछ्याएको भोटेचौर स्पोट्स क्लब ७० रनमा अलआउट भएको थियो । खेलको म्यान अफ द म्याच सुशन चौलागाईले १४ रन खर्चिएर ५ विकेट लिएका थिए । साथै १६ ओभरमा आफ्नो पहिलो ओभर गर्न आएका निसान्त धितालले ह्याट्रिक समेत लिए ।

आजको खेल जितेर समुह विजेताको रुपमा पाँचपोखरी क्रिकेट क्बल र उपविजेताको रुपमा चौतारा साँगाचोकगढी नगरपालिका प्रवेश गरेका हुन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा भएको आजको खेल जितेर पनि मेलम्ची नगरपालिका सेमिफाइनल पुग्न सकेन ।

काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सञ्चालित प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा टस जितेर पहिले व्याटिङ गरेको मेलम्ची नगरपालिकाले क्रिकेट क्लब बाह्रबीसेलाई ३३ रनले पराजित गर्‍यो । जितको लागि १३५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको बाह्रबीसेले १०१ रन मात्र बनाउन सक्यो । मेलम्चीका लागि खेलको म्यान अफ दि म्याच रिन्जिन लामाले सर्वाधिक ४४ रन बनाएका थिए ।

चैत ३ गते सम्म संचालन हुने प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ ।

नेपाली क्रिकेट पाँचपोखरी थाङपाल गाउँपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय